मकवानपुर घटनाक्रम — कार्की आयोग प्रतिवेदन
भदौ २३
⚡ लिक गौरीबहादुर कार्की आयोगको प्रतिवेदन — सरकारी आधिकारिक प्रकाशनभन्दा पहिले सञ्चारमाध्यमद्वारा सार्वजनिक भएको दस्तावेज
खोजी रिपोर्ट · कार्की आयोग प्रतिवेदन · मकवानपुर जिल्ला · अनुसूची ६

भदौ २३ देखि २५ :
मकवानपुरका तीन दिन

जेन–जी आन्दोलनको छानबिन गर्न नेपाल सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा मकवानपुर जिल्लाका भदौ २३, २४ र २५ गतेका घटनाहरूको विस्तृत विवरण छ। यो टाइमलाइन सोही प्रतिवेदनको जिल्ला प्रशासन कार्यालय मकवानपुरको घटना विवरणमा आधारित छ।

जिल्ला मकवानपुर, हेटौडा
घटना अवधि २०८२ भदौ २३–२५
स्रोत कार्की आयोग · अनुसूची ६
CDO (तत्कालीन) स्किम श्रेष्ठ
स्थिति ⚡ लिक भएको प्रतिवेदन
३०+ सरकारी भवन
तोडफोड/जलाइए
२,००० उच्चतम प्रदर्शनकारी
संख्या भदौ २४ मा
४४०+ कुल कैदी फरार
(भदौ २५ गते)
घाइते कैदी
हेटौडा अस्पताल
शून्य भदौ २४ सम्म
बल प्रयोग
प्रतिवेदनको सारांश
🕊️ भदौ २३ — शान्तिपूर्ण

१२ सयभन्दा बढी युवाको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न। कुनै भवन क्षति भएन। सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ थिए — बल प्रयोग आवश्यक परेन।

🔥 भदौ २४ — विनाशकारी

बिहान ९ देखि रात ७ बजेसम्म निरन्तर आगजनी। मन्त्रालय, न्यायालय, प्रहरी चौकी, सुपर मार्केट, राजनेताका घर — सबैमा तोडफोड। सेनाको परिचालनपछि मात्रै रोकियो।

⚠️ भदौ २५ — कारागार विद्रोह

भिमफेदी कारागारमा कैदीले गेट तोडे। सेनाले २०० राउन्ड हवाई फायर गर्यो। दुई दिनमा ४४०+ कैदी फरार। दुई जना खुट्टामा गोली लागेर घाइते।

२३ भदौ २०८२

शान्तिको अन्तिम दिन

हेटौडाका सडकमा १२ सयभन्दा बढी युवा उत्रे। भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल निषेधको विरोधमा नारा लगाए — र दिउँसो ३ बजे शान्तिपूर्ण रूपमा घर फर्किए। कुनै तोडफोड भएन।

घटनाहरू
१०:००AM
🕊 शान्तिपूर्ण प्रदर्शन
जियनजेड YACहेटौडा

हेटौडामा १,२००–१,३०० युवा/विद्यार्थीको बृहत् विरोध प्रदर्शन

हेटौडा उपमहानगरपालिका वडा नं. २ स्थित कार्यालय अगाडि जियनजेड Youth Against Corruption का अन्दाजी १,२००–१,३०० जना युवा/विद्यार्थी भेला भई भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल निषेधको विरोधमा विभिन्न नाराहरू गर्दै प्रदर्शन शुरु भयो।

प्रदर्शनकारीहरू हेटौडा उपमहानगरपालिकाको कार्यालयबाट पिप्ले → बुद्धचोक → सीमाचोक → TCN रोड → प्रदेश सभा कार्यालय अगाडि पुगी नाराबाजी गरे। पुनः राम मन्दिर → बाइपास रोड → TCN रोड → सीमाचोक → बुद्धचोक हुँदै परिक्रमा गरी फर्किए।

३:१५PM
✅ समाप्ति
सशस्त्र प्रहरी + नेपाल प्रहरी

प्रदर्शन शान्तिपूर्ण रूपमा तितरबितर — कुनै हिंसा वा क्षति भएन

दिउँसो ३:१५ बजे प्रदर्शन शान्तिपूर्ण रूपमा तितरबितर भयो। नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली संयुक्त रूपमा परिचालन भएको थियो। आयोगको नोट : भदौ २३ गते केही पनि बल प्रयोग नभएकोले यहाँ थप केही नहोला भन्ने सुरक्षा विश्लेषण रह्यो — जुन भोलिपल्टको घटनाले गलत साबित भयो।

📈
उत्प्रेरणा विन्दु — भदौ २३ बाट २४ तर्फ

भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनपछि सुरक्षाले "यहाँ थप केही नहोला" भन्ने विश्लेषण गर्यो। तर भोलिपल्ट बिहान ९ बजे १०० जनाबाट शुरु भएको प्रदर्शन दिउँसोसम्म १,५००–२,००० पुग्यो। आयोगको प्रतिवेदनमा उल्लेख छ : "नेपाल राज्यभरी आगजनी भएको सन्देश प्रवाह भए पश्चात हामीले बल प्रयोग नगरी आगजनीबाट यो जिल्लालाई जोगाउन सकेनौं।"

२४ भदौ २०८२

आगो र विनाशको दिन

बिहान ९ देखि साँझ ७:४० बजेसम्म — मन्त्रालय, न्यायालय, प्रहरी चौकी, सुपर मार्केट, मुख्यमन्त्री आवाससम्म। आयोगको प्रतिवेदनमा २५ भन्दा बढी छुट्टाछुट्टै घटना दर्ज छन्।

२५+ घटनाहरू
फिल्टर सबै 🔥 आगजनी 🔨 तोडफोड 🛡️ सुरक्षा निकाय 🏠 निजी सम्पत्ति सबै घटना देखाइँदैछ
९:००AM
🔨 तोडफोड शुरु
सीमाचोकवडा नं.४

सीमाचोकमा प्रदर्शन — १०० जनाबाट २,००० सम्म

जियनजेड का अन्दाजी १००–२०० जनाबाट प्रदर्शन शुरु भई युवाहरू थपिँदै अ.१,५००–२,००० जना पुगेपछि सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गर्दै अगाडि बढ्यो।

१०:४५AM
🔨 तोडफोड
शैक्षिक संस्थावडा नं.२

मकवानपुर बहुमुखी क्याम्पस — विद्यार्थी संगठनको व्यानर तोडफोड

मनकामना चोक नजिकै रहेको मकवानपुर बहुमुखी क्याम्पस भित्र लगाइएको विद्यार्थी संगठनको व्यानर अन्दाजी १००–२०० जना जियनजेड समर्थकहरूले तोडफोड गरी बाहिर निस्किए।

११:३०AM
🔨 तोडफोड
स्थानीय सरकारवडा नं.१०

हेटौडा उपमहानगरपालिकाको बोर्ड तोडफोड — युद्धचोक

युद्धचोकस्थित हेटौडा उपमहानगरपालिकाको बोर्ड तोडफोड गरियो।

११:५०AM
🔥 आगजनी
राजनीतिकमनहरी

मनहरी बजार — तीन दलका पार्टी कार्यालय जलाइए

मनहरी गाउँपालिका वडा नं. ७ मनहरी बजारमा अन्दाजी २००–२५० जना जियनजेड समर्थकहरूले इलाका प्रहरी कार्यालय नजिकै रहेको नेपाली काँग्रेस, ने.क.पा. एमाले र ने.क.पा. माओवादी पार्टी कार्यालयको ताल्चा फोडी भित्रको टेबल–कुर्सी बाहिर निकाली जलाइयो।

१२:१०PM
🔥 आगजनी
राजनीतिकवडा नं.४

पुष्पलाल पार्क — ने.क.पा. एमाले पार्टी कार्यालयमा आगो

हेटौडा उपमहानगरपालिका वडा नं. ४ पुष्पलाल पार्कस्थित ने.क.पा. एमालेको पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरे।

१२:४५PM
🔥 ठूलो क्षति
३ तले भवनवडा नं.२

जिल्ला समन्वय समिति मकवानपुर — ३ तले भवन पूर्ण खाक

जिल्ला समन्वय समिति मकवानपुरको ३ तले भवन तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षति। उद्योग तथा वाणिज्य कार्यालयमा पनि तोडफोड।

बाइक
नष्ट
हाइलक्स गाडी
(बा १ झ ९४३०) जलियो
१२:५५PM
🔥 पूर्ण क्षति
सरकारी कार्यालयवडा नं.२

जिल्ला मालपोत कार्यालय — पूर्ण रूपमा नष्ट

हेटौडा उपमहानगरपालिका वडा नं. २ स्थित जिल्ला मालपोत कार्यालयमा तोडफोड र आगजनी गरी पूर्ण रूपमा क्षति।

१:३०PM
🔥 अत्यन्त ठूलो क्षति
६ तले भवन४ मन्त्रालय१९ सवारी

वागमती प्रदेशका ४ मन्त्रालय रहेको ६ तले भवन — पूर्ण विनाश

चौकिटोल (उमनपा वडा नं.१) स्थित कृषि तथा पशुपन्छी विकास, भौतिक पूर्वाधार, श्रम रोजगार, र खानेपानी÷ऊर्जा÷सिंचाई मन्त्रालय रहेको ६ तले भवन तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षति।

स्कार्पियो
कार
१२मोटरसाइकल
स्कुटर
१:४०PM
🔥 आगजनी
वागमती प्रदेशवडा नं.२

आर्थिक मामिला तथा योजना मन्त्रालय — फर्निचर र सरकारी मोटरसाइकल जले

वागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा तोडफोड गरी फर्निचरका सामान निकाली आगजनी गरियो। सरकारी मोटरसाइकलमा समेत आगो लगाइयो।

१:५५PM
🔥 आगजनी
अख्तियारवडा नं.१

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय — सवारी साधनमा समेत आगो

चौकिटोलस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा तोडफोड गरी सवारी साधनहरूमा समेत आगजनी गरियो।

२:००PM
🔥 ठूलो क्षति
२ तले भवनवडा नं.२

आन्तरिक राजस्व कार्यालय — भवन पूर्ण जलियो

आन्तरिक राजस्व कार्यालयमा तोडफोड र आगजनी। क्यान्टिन भवन–१ तोडफोड। कार्यालयको २ तले भवन पूर्ण रूपमा जलियो।

मोटरसाइकल
नष्ट
गाडी
नष्ट
२:१०PM
🔥 अदालत आक्रमण
३ तले भवनवडा नं.२

उच्च अदालत पाटनको हेटौडा इजलास — पूर्ण विनाश

तोडफोड र आगजनीबाट ३ तले भवन पूर्ण रूपमा क्षति। कार्यालय संचालनको फर्निचर, सिसाहरू, टेबल–कुर्सी फुटाई तोडफोड।

मोटरसाइकल
२+ट्याक्सी नष्ट
कार तोडफोड
२:२०PM
🔥 न्यायालय
उच्च + जिल्लावडा नं.२

उच्च र जिल्ला सरकारी वकिल कार्यालय — दुवैमा आगजनी

जिल्ला सरकारी वकिल कार्यालयको ३ तले भवनको पहिलो तला पूर्ण क्षति, दोस्रो र तेस्रो तलामा तोडफोड। उच्च सरकारी वकिल कार्यालयको ४ तले भवनको पहिलो तला पूर्ण क्षति।

कार नष्ट
मोटरसाइकल
साइकल
२:३५PM
🔥 प्रदेश संसद
प्रदेश सभा भवनATM तोडफोड

बागमती प्रदेश सभा भवन — संसदीय भवन पूर्ण खाक, ATM तोडफोड

हेटौडा उमनपा वडा नं. १० स्थित बागमती प्रदेश सभा भवनमा प्रदर्शनकारी प्रवेश गरी आगजनी। संसदीय दलका ३ तले र २ तले भवन पूर्ण क्षति। क्यान्टिन/लाइब्रेरीमा तोडफोड। राष्ट्रिय वाणिज्य बैंकको ATM तोडफोड।

मोटरसाइकल
स्कुटर
२:४५PM
🔥 अत्यन्त ठूलो
४ तले भवन४७ सवारी

स्वास्थ्य र सामाजिक विकास मन्त्रालय — ४७ सवारी साधन नष्ट

स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयको ४ तले भवन पूर्ण क्षति। जस्ताको छानो भएको क्यान्टिन र गोदाम घर पनि जली नष्ट।

२५गाडी नष्ट
१५मोटरसाइकल
स्कुटर
२:५५PM
🔥 गाउँपालिका
मनहरी गाउँपालिका

मनहरी गाउँपालिका कार्यालय — आगजनी

जिल्ला मकवानपुर मनहरी गाउँपालिकाका वडा नं. ९ मा रहेको मनहरी गाउँपालिकाको कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरे।

३:४५PM
🛡️ प्रहरी आक्रमण
नेवारपानीवडा नं.१९

इलाका प्रहरी कार्यालय नेवारपानी — आगजनी

नेवारपानीमा रहेको इलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरी आगजनी गरे।

३:५५PM
🏠 निजी व्यवसाय
निर्माण कम्पनीवडा नं.१९

बानिया निर्माण सेवाको यार्ड — JCB, सिमेन्ट बल्कर नष्ट

तिनताप्केस्थित बानिया निर्माण सेवाको १० कोठाको भुइँतले यार्डमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड र आगजनी।

१९टिपर तोडफोड
सिमेन्ट बल्कर
JCB तोडफोड
सवारी आगजनी
४:१०PM
🔨 तोडफोड
CCTV नष्टवडा नं.१

वडा कार्यालय भवन — डिजिटल बोर्ड र CCTV क्यामरा तोडफोड

चाईनाक्वाटारस्थित २ तले वडा कार्यालय भवनमा रहेको डिजिटल बोर्ड र CCTV क्यामरा प्रदर्शनकारीहरूले तोडफोड गरे।

४:२०PM
🔥 आगजनी
सवारी परीक्षणवडा नं.११

सवारी परीक्षण कार्यालय — स्कार्पियो, पिकअप र मोटरसाइकल जले

थानाभर्याङस्थित सवारी परीक्षण कार्यालयमा रहेको स्कार्पियो १, पिकअप–१, मोटरसाइकल–२ आगजनी गरी पूर्ण रूपमा क्षति।

४:२५PM
🔥 आगजनी
यातायातवडा नं.११

यातायात व्यवस्था कार्यालय — पूर्ण रूपमा क्षति

थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालयमा तोडफोड र आगजनी। पार्किङमा रहेको मो.सा.–२, स्कुटर–१ समेत जली पूर्ण क्षति।

४:३०PM
🏠 निजी व्यवसाय
यातायात कम्पनी

नारायणी यातायात व्यवसाय कम्पनी — तोडफोड र आगजनी

थानाभर्याङस्थित नारायणी यातायात व्यवसाय कम्पनी प्रा.लि.मा तोडफोड र आगजनी।

४:३५PM
🛡️ प्रहरी चौकी आक्रमण
एम्बुलेन्स जलियोवडा नं.३

बसामाडी प्रहरी चौकी — एम्बुलेन्स सहित सबै जलियो

वडा नं. ३ बसामाडीस्थित प्रहरी चौकीमा तोडफोड र आगजनी। ८ जना प्रहरी कर्मचारीहरूका सम्पूर्ण सामान, असोभावका सामान, खाद्यान्न, भाँडाकुडा जली पूर्ण क्षति।

१९मोटरसाइकल
स्कुटर
एम्बुलेन्स 🚑
४:४०PM
🔥 आगजनी
वडा नं.२

सहरी विकास तथा भवन कार्यालय — २ तले भवन पूर्ण क्षति

२ तले सहरी विकास तथा भवन कार्यालयमा तोडफोड र आगजनी गरी पूर्ण रूपमा क्षति।

५:००PM
🔥 जिल्ला अदालत
६ तले भवन४६+ सवारी

जिल्ला अदालत मकवानपुर — ६ तले भवन पूर्ण जलियो

जिल्ला अदालत मकवानपुरमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड र आगजनी। ६ तले भवन पूर्ण रूपमा क्षति।

टाटा सुमो
बोलेरो
पिकअप
४६मोटर नष्ट
साइकल
५:०५PM
🔥 आगजनी
वडा नं.२

कोष तथा लेखा नियन्त्रक कार्यालय — कम्प्युटर तोडफोड, जेनेरेटरमा आगो

कोष तथा लेखा नियन्त्रक कार्यालयमा तोडफोड। भवनको झ्याल–ढोकामा क्षति। कम्प्युटर ३ थान तोडफोड। कोप नियन्त्रकको कार्यकक्षका फाइल छरपस्ट। जेनेरेटरमा आगजनी।

टाटा सुमो
मोटरसाइकल
५:१०PM
🔥 प्रमुख सचिव निवास
३ तले निवासवडा नं.२

बागमती प्रदेश प्रमुख सचिवको निवास — पूर्ण रूपमा क्षति

बागमती प्रदेश प्रमुख सचिवको ३ तले पक्की निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरी पूर्ण रूपमा क्षति।

५:२०PM
🔥 आगजनी + चोरी
वडा नं.२

बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय — TV, ल्यापटप चोरी

प्रदर्शनकारीहरूले तोडफोड। TV, ल्यापटप र नगद रु.३०,००० चोरी। मो.सा.–२, स्कुटर–५ जली नष्ट।

५:३०PM
🔥 आगजनी
३ तले भवनवडा नं.२

नापी कार्यालय — ३ तले भवन पूर्ण क्षति

नापी कार्यालयको ३ तले भवनमा तोडफोड र आगजनी गरी पूर्ण रूपमा क्षति। पार्किङका गाडी–२, मो.सा.–१ जली नष्ट।

५:४०PM
🔨 तोडफोड
वडा नं.२

लोकसेवा आयोग — तोडफोड, गाडी र मोटरसाइकल नष्ट

लोकसेवा आयोगमा प्रदर्शनकारीहरूले तोडफोड गरे। पार्किङमा रहेको गाडी–१, मो.सा.–१ जली पूर्ण रूपमा नष्ट।

५:५५PM
🔨 तोडफोड
वडा नं.२

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय — झ्याल, ढोका, मुलगेट तोडफोड

भवनको झ्याल, ढोका र मुलगेट तोडफोड। पार्किङमा रहेको मो.सा.–२, स्कुटर–१ आगजनी।

६:१०PM
🔥 आगजनी
वडा नं.४

वडा कार्यालय नं. ४ र खेलकुद विकास समिति — आगजनी

हेटौडा उपमहानगरपालिकाको ४ नं. वडा कार्यालय र जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आगजनी।

६:१५PM
🏠 निजी घर
वडा नं.५व्यक्तिगत आक्रमण

विश्वकान्ति कलावती सुमागी (अजय सुमागी) को घर — ३ गाडी र १३ कोठा जले

व्यक्तिगत घरमा प्रदर्शनकारीहरूले गेस्ट रुमको झ्यालको सिसा फोडे। ३ वटा गाडी जलाइए। फर्निचर, टेलिभिजन–१, १३ वटा कोठा शौचालय सहित जली नष्ट।

६:२०PM
🔨 तोडफोड
वडा नं.११

हेटौडा उमनपाको कृषि भवन — ३ तले भवनका सम्पूर्ण झ्याल–ढोका तोडिए

थानाभर्याङमा स्थित हेटौडा उपमहानगरपालिकाको कृषि भवनमा ढुंगामुढा र तोडफोड गरी ३ तले भवनका सम्पूर्ण झ्याल–ढोकामा क्षति।

६:३५PM
🔥 ३ कार्यालय एकैसाथ
वडा नं.११ थानाभर्याङ

PEOC, ट्राफिक कार्यालय र सहकारी मन्त्रालय — एकैसाथ आक्रमण

थानाभर्याङमा एकैपटक तीन ठाउँमा आक्रमण :
प्रदेश आपतकालीन संचालन केन्द्र (PEOC) र जिल्ला ट्राफिक कार्यालयमा तोडफोड र आगजनी।
वागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय — पहिलो तला पूर्ण क्षति, दोस्रो तलाको झ्याल–ढोका तोडफोड।

६:४०PM
🛡️ प्रहरी व्यारेक
वडा नं.११

बागमती प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म — व्यारेक र मेस जले

तोडफोड र आगजनीबाट व्यारेक तथा मेसको ढोका–झ्यालहरूमा क्षति। मेसमा रहेको TV, फर्निचर, भाँडाकुडा वानटन–१ तोडफोड।

मोटरसाइकल नष्ट
६:५०PM
🔥 स्वास्थ्य संस्था
वडा नं.१०EV गाडी नष्ट

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान — १२ कोठाको भवन पूर्ण जलियो

तोडफोड र आगजनीबाट १२ वटा कोठा भएको २ तले भवन जली पूर्ण रूपमा क्षति।

प्राडो
स्कार्पियो
EV गाडी 🔋
कार
स्कुटर
७:००PM
🛒 लुटपाट + आगजनी
७ तले भवनवडा नं.२

भाटभटेनी सुपर मार्केट (७ तले) — लुटपाट र पूर्ण आगजनी

हेटौडाको ७ तले भाटभटेनी सुपर मार्केटमा प्रदर्शनकारीहरूले तोडफोड, लुटपाट र आगजनी गरी पूर्ण रूपमा क्षति।

७:२०PM
🏠 नेता निवास
वडा नं.४

नेकपा एमाले नेता अनन्त प्रसाद पौडेलको घर — TV, ५ तोला गहना, प्रोजेक्टर चोरी

नेकपा एमालेका नेता/संविधान सभा सदस्य/मकवानपुर बहुमुखी क्याम्पस संचालन समिति अध्यक्ष अनन्त प्रसाद पौडेलकी साढे २ तले घरमा तोडफोड र आगजनी। TV, ५ तोला गहना, प्रोजेक्टर चोरी। घरको सिलिङमा आगो — आंशिक क्षति।

७:२५PM
🏠 नेता निवास
वडा नं.४

भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको घर — पूर्ण क्षति

भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको २ तले घरमा तोडफोड र आगजनी गरी पूर्ण रूपमा क्षति।

७:३०PM
🔥 आगजनी
वडा नं.४

संचयकोष कार्यालय — ३ भवनमा आगजनी

संचयकोष कार्यालयका ३ वटा भवनमा तोडफोड र आगजनी।

स्कार्पियो
टोयोटा
मोटरसाइकल
स्कुटर
७:३५PM
🏠 पूर्व मुख्यमन्त्री निवास
वडा नं.४

पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको ४ तले घर — बाहिरी भागमा क्षति

वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको ४ तले घरमा तोडफोड गरी बाहिरी भागमा क्षति।

७:४०PM
🔥 मुख्यमन्त्री निवास
वडा नं.५पूर्ण क्षति

बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निवास — पूर्ण रूपमा क्षति

बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँको ३ तले घर प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरी पूर्ण रूपमा क्षति।

२५ भदौ २०८२

भिमफेदी कारागारको विद्रोह

कैदीबन्दीले फलामे गेट तोडे। नेपाली सेनाले २०० राउन्ड हवाई फायर गर्यो। दुई जना घाइते। दुई चरणमा ४४०+ कैदी फरार।

घटनाहरू
१२:५५PM
⚠️ 'क' ब्लक विद्रोह
हवाई फायर२ घाइते२५९ फरार

भिमफेदी कारागार 'क' ब्लक — ३ गेट तोडी ५५४ मध्ये २५९ कैदी भागे

कारागार कार्यालय भिमफेदीको 'क' ब्लकका कैदीबन्दीहरूले उक्त ब्लकतर्फका ३ वटा फलामे गेट तोडी नारा जुलुस र ढुंगामुढा गरी सुरक्षा घेरा तोडेर बाहिर निस्के। कारागार प्रशासनको भवन, मेनगेट, सशस्त्र प्रहरी ब्यारेक, चेकजाँच कक्षमा तोडफोड/आगजनी।

सुरक्षा प्रतिक्रिया :
• सशस्त्र प्रहरी बल, नेपाल कारागार सुरक्षा वेश भिमफेदीको टोलीले SLR बाट २ राउन्ड हवाई फायर६ राउन्ड अश्रुग्यास फायर।
• नेपाली सेना काली प्रसाद गणबाट खटिएको ७० जनाको टोलीले अन्दाजी २०० राउन्ड हवाई फायर।

परिणाम :
• ५५४ कैदीमध्ये २५९ जना फरार।
• जिल्ला प्यूठान घर भएका वर्ष २५ का दीपक सुनार (चोरी मुद्दा) र जिल्ला कपिलवस्तु घर भएका वर्ष ३३ का नरेश मुराउ (कर्तव्य ज्यान मुद्दा) खुट्टामा गोली लागेर घाइते।
• रात ३:३० बजे बाँकी २९५ जना नियन्त्रणमा लिई ब्लकमा फिर्ता।

३:३०AM
✅ नियन्त्रण

२९५ कैदी नियन्त्रणमा — सम्बन्धित ब्लकमा फिर्ता

रात ३:३० बजे 'क' ब्लकका बाँकी २९५ जना कैदीबन्दीलाई नियन्त्रणमा लिई सम्बन्धित ब्लकमा फिर्ता गरियो।

१०:१५AM
⚠️ 'ख' ब्लक — दोस्रो
ग्यास सेल१८१ फरार

कारागार 'ख' ब्लक — थप १८१ कैदी फरार, ५ ग्यास सेल फायर

मिति २०८२/०५/२५ गते १०:१५ बजे भिमफेदी गापा ६ स्थित कारागारको 'ख' ब्लकका कैदीले पर्खाल फुटाई भाग्ने प्रयास गरे। सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेशमा खटिएको टोलीले नियन्त्रणमा लिन ५ वटा ग्यास सेल फायर गरी २९६ जना नियन्त्रणमा लिइयो। तर १८१ जना कैदी फरार भए।

आयोगका मुख्य निष्कर्ष
🕊️ भदौ २३ : सफल सुरक्षा प्रतिक्रिया

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको थियो। बल प्रयोगको आवश्यकता परेन। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न। तर "यहाँ थप केही नहोला" भन्ने सुरक्षा विश्लेषणले भोलिपल्टको घटनाको पूर्वानुमान गर्न सकेन।

⚠️ भदौ २४ : बल प्रयोग नगर्ने निर्णयको परिणाम

सुरक्षा निकायहरूबीच समन्वय भएको थियो — जिल्ला सुरक्षा समिति बैठक बसेको थियो। तर "राज्यभरी आगजनी भएको सन्देश प्रवाह भए पश्चात बल प्रयोग नगरी आगजनीबाट जिल्ला जोगाउन सकिएन।"

✅ सेना परिचालनले रोक्यो

नेपाली सेनाको परिचालनपछि थप क्षति रोकिएको। प्रतिवेदन अनुसार — "सेनाको परिचालन पश्चात कुनै सार्वजनिक सम्पत्ति तथा निजी सम्पत्तिमा कहीँ कतै कुनै क्षति नभएको।" भदौ २५ को कारागार विद्रोहमा हवाई फायर र ग्यास सेल।

🏛️ न्यायालय प्रणाली लक्षित

उच्च अदालत इजलास, जिल्ला अदालत, उच्च सरकारी वकिल, जिल्ला सरकारी वकिल — सबैमा आगजनी। न्यायिक अभिलेख र फाइल नष्ट। यसले दीर्घकालीन न्यायिक क्षति पुर्‍याएको।

🏗️ प्रदेश सरकार पूर्ण ध्वस्त

वागमती प्रदेशका लगभग सबै मन्त्रालय र प्रदेश सभा भवन नष्ट। मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री र प्रमुख सचिवको निवासमा आक्रमण। प्रदेश प्रशासन तहसनहस।

📋 आयोगको निष्कर्ष

आयोगले उल्लेख गरेको : "आन्दोलनकारीलाई अव यता उता जाऊँ भनी उक्साएर ल्याएका तर व्यक्तिगत रूपमा मैले नचिनेका पात्रहरू रहेको भनी आन्दोलन पश्चातको समयमा अपुष्ट रूपमा सुनिएको।"